काठमाडौं, चैत्र २२ । लकडाउनका कारण हवाइ उडानमा लागेको प्रतिवन्धसँगै नेपालका विभिन्न स्थानमा रहेका विदेशी पर्यटकको उद्दारको काम आज गएराति १२ बजेदेखि स्थगित गरिएको छ।
देशका विभिन्न स्थानबाट पर्यटक काठमाडौं ल्याइ पुर्याएको पर्यटन बोर्डले गएराति १२ बजेपछि भने जुन पर्यटक जहाँ छन्, लकडाउन नखुलेसम्म त्यहीँ बस्नुपर्ने जनाएको छ। मन्त्रालयका सचिव केदार अधिकारीले भने।
काठमाडौं बाहिरबाट थप उद्धारको काम बन्द भए पनि काठमाडौंमा रहेका विदेशी नागरिकलाई भने ती मुलुकले फिर्ता लैजाने काम भने जारी रहने छ। उनीहरु आवत–जावत खुकुलो भएपछि मात्र बाहिर निस्कन पाउने छन्। यसबीचमा धेरैजसो मुलुकले आफ्ना नागरिकलाई नेपालबाट उद्धार गरी स्वदेश फर्काइरहेका छन्।
Facebook Comments