चितवन, चैत्र १७ । भरतपुर कोरोना विशेष (अस्थाइ) अस्पतालको ओपिडीमा आज २८ जनाले सेवा लिएका छन्। त्यस्तै ७ जनालाई भर्ना गरिएको जानकारी अस्पताल स्रोतले दिएको छ।
यो सँगै आइसोलेसन वार्डमा भर्ना हुनेको संख्या १३ पुगेको छ । आज ११ जनाको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।
स्वाब संकलन गरिएकामध्ये एक पुरानो मेडिकल कलेजको पीआइसियुबाट ल्याइएका बालक भएको कोरोना विशेष अस्पतालले जनाएको छ ।
Facebook Comments


























