काठमाडौं, चैत्र १७ । पाटन अस्पतालमा सोमवार मृत्यु भएका बिरामीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
कोरोनाभाइरस (कोभिड १९) को आशंकामा ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएका धादिङको खनियाबास गाउँपालिकाका ३५ वर्षीय पुरुषको सोमवार मृत्यु भएको थियो।
केही दिनअघि मात्र भारतबाट फर्किएका उनी उच्च ज्वरो लगायत लक्षण देखिएपछि अस्पताल भर्ना भएका थिए। पाटन अस्पतालबाट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
‘कोरोना परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको छ,’ पाटन अस्पताल स्रोतले भन्यो।
Facebook Comments