काठमाडौं, चैत्र १७ । दक्षिण कोरियाली ब्राण्ड सामसङ नेपालले विभिन्न सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। त्यसमध्ये ‘ए’ सिरिज अन्तर्गत ग्यालेक्सी ए७१ र ए५१ को बारेमा यहाँ चर्चा गरिएको छ।
यी फोनमा ब्याट्री, उत्कृष्ट फोटो खिच्ने क्यामरा तथा इन्फिनिटी–ओ डिस्प्लेलगायत विशेषता जडान गरिएको छ।
ए ७१ र ए ५१ ग्यालेक्सीमा मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामराहरु छन्।
ग्यालेक्सी ए ७१ मा ६४ मेगापिक्सल तथा ग्यालेक्सी ए ५१ मा ४८ मेगापिक्सलको क्यामरा जडान गरिएको छ। यसमा भएको अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ।
ती मोबाइलमा सुपर स्डेडी भिडियोको सुविधा समेत भएको कम्पनीले बताएको छ। जसले दौडिदा, हाइकिङमा वा घरपालुवा जनावरसँग खेल्दाको अवस्थामा पनि नहल्लिएको भिडियो खिच्न सकिने कम्पनीले बताएको छ।
उक्त फोनमा ६.७ इन्च तथा ६.५ इन्चको स्क्रिन जडान गरिएको छ। यो सासमसङको हालसम्मकै ठूलो स्क्रिन हो।
ए ७१ र ए ५१ मा क्रमशः ४५ सय एमएएच तथा ४ हजार एमएएचको ब्याट्रि जडान गरिएको छ। यससँगै २५ वाट तथा १५ वाटको फास्ट चार्जिङ सुविधा छ।
यसको मूल्य क्रमशः ४९ हजार ९ सय ९९ र ३८ हजार ३ सय ९९ तोकिएको छ।
मूख्य विशेषताः
डिस्प्लेः ६.७ र ६.५ गारिल्ला ग्लास डिस्प्ले
स्टोरेजः १२८ जिबी/८ जिबी/१२८ जिबीर ४ जिबी
फ्रन्ट क्यामराः ३२ एमपी र ३२
ब्याक क्यामराः ६४/१२/५/५ र ४८/१२/५/५
ब्याट्रीः ४५ सय र ४ हजार एमएच
फास्ट चार्जिङः २५ र १५ वाट
कलरः प्रिज्म क्रस ब्ल्याक, सिल्भर ब्लु, पिङ्क र प्रिज्म क्रस ब्ल्याक, ह्वाइट र ब्लु
मूल्यः ४९ हजार ९ सय ९९ र ३८ हजार ३ सय ९९