चैत्र १७ । एक दिनमा हामी लगभग २३ हजार पटक सास फेर्छौं। श्वासप्रश्वास शरीरको एक स्वचालित प्रक्रिया हो। हामीलाई हेक्का पनि हुँदैन कि हामी सास लिने र छाड्ने गरिरहेका छौं। यो काम हाम्रो शरीरले चुपचाप एकदम शान्तसँग गरिरहेको छ।
शरीरलाई स्वस्थ, तन्दुरुस्त एवं जीवित राख्नका लागि खाना र पानीको जति आवश्यक्ता हुन्छ, त्यो भन्दा बढी अक्सिजन अर्थात हावाको। अतः श्वासप्रश्वास प्रक्रियाबाट बाहिरी हावा लिनेर छाड्ने क्रम चलिरहेको हुन्छ। यसमा हामीले अतिरिक्त काम गरिरहेका हुँदैनौं।
यद्यपि सास लिने प्रकिया सही छैन भने त्यसको असर हाम्रो शरीरमा देखापर्छ। भनिन्छ, गलत ढंगले सास लिइरहँदा हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुनपुग्छ। किनभने शरीरलाई अवाश्यक पर्याप्त अक्सिजन नपुग्दा भित्री अंगहरुको कार्य सम्पादनमा अवरोध पुग्छ।
अध्ययनहरुका अनुसार आधुनिक जीवनशैलीमा हुर्किएका संसारका सबै मानिसहरु गलत तरिकाले सास फेरिरहेका छन्। अध्ययन अनुसार आधुनिक मानिसले आफ्नो फोक्सोको सास भर्ने क्षमताको ३० प्रतिशत मात्रै उपयोग गरिरहेका छन्। बाँकी ७० प्रतिशत क्षमता प्रयोगमा नआउना त्यत्तिकै बेकार नै रहन्छ।
त्यसो भए के हो त सास लिने सही तरिका ?
प्रायजसो हामी छिटो छिटो सास फेर्ने गर्छौं। तर यो सास फेर्ने गलत तरिका हो। सास सँधै पेटबाट लिनु पर्छ। यसरी ठीक तरिकाले श्वासप्रश्वास लिएमा शारीरिक रुपमा फाइदा हुने मात्रै होइन यसले मानसिक रुपमा शान्त पनि बनाउँछ।
नाकले सास फेर्नु एक राम्रो अभ्यास हो। वास्तवमा जब हामी मुखले सास लिन्छौं त्यतिखेर फोक्सकोमा जाने धेरैजसो हावा फिल्टर हुन पाउँदैन। तर, नाकबाट सास लिनाले हावा राम्रो तरिकाले फिल्टर हुन्छ किनभने नाकको कामै सासलाई फिल्टर गर्ने हो।
मुखबाट सास लिएमा समयमा कैयौं किसिमका भाइरस र ब्याक्टेरिया सबै तपाईंको शरीरमा प्रवेश गर्छ। यसैले हामीले सँधै नाकबाट नै श्वासप्रश्वास गर्नुपर्छ।
जब तपाई नाकले सास खिच्नुहुन्छ त्यतिखेर हावा पेटसम्म जानुपर्छ। यदि तपाई नाकले गहिरो सास लिनुहुन्छ भने ७० देखि ८० प्रतिशत सम्म हावा डायफ्रामलाई मिल्छ। यो सास फेर्ने सबैभन्दा राम्रो तरिका हो।
यो प्रक्रियाको सबैभन्दा राम्रो कुरा के हो भने यसले हामीलाई शुद्ध र फिल्टर भएको सास त मिल्छ नै साथै यसले डायफ्राम, लिभर, पेट र कोखको मजाज पनि गरिदिन्छ।
धेरै छिटोछिटो र तिव्र रुपमा सास श्वासप्रश्वास गर्नाले हावा ठिकसँग शरीरमा पुग्न पाउँदैन। यसैले तपाईंले जे काम गरेपनि विस्तारै र गहिरो सास लिनुहोस्। साथै हावालाई महसुस गर्दै सासलाई पेटमा खिच्नुहोस्।
हामीले जति धेरै अक्सिजन पेटमा खिच्छौं हाम्रो शरीर त्यति नै स्वस्थ रहन्छ। यसैले धेरै प्रदुषणयुक्त स्थानमा जानबाट बच्नुहोस् र यस्तो स्थानमा जानुहोस् जहाँको हावा स्वस्थ र स्वच्छ छ।
























