लुम्बिनी, चैत्र १५ । गर्मी मौषम नजिकिदै थालेको बखत बुद्धजन्म स्थल लुम्बिनी बिकास परिसर भित्र अचानक आगलागी हुदा प्राकृतिक सम्पदा जलेर नष्ट भएको छ। लुम्बिनी बिकास कोषले दिएको जानकारी अनुसार कोष स्थित पूर्बी बिहार क्षेत्र पण्डितारामा ध्यानकेन्द्र नजिकै सिसौघारी भित्र पहिलो पटक अचानक आगलागि भएको हो।
आगलागीबाट कोष भित्र भएका कलिला बोटबिरुवा, कीटपतंग, जीवजन्तु जलेर नष्ट भएको लुमिबनी बिकास कोष बनस्यपति शाखा प्रमुख सब्बीर अहमद मुसलमानले जानकारी दिए। हावाहुरी नचलेको हुदा थाहा पाउने बित्तिकै कोषको सुरक्षाकर्मी मार्फत अग्नि नियन्त्रण गरिए पछि ठूलो क्षति हुनबाट लुम्बिनी बिकास लुम्बिनी कोष जोगिएको बनस्यपति अधिकृत मुसलमानले बताए।
आगलागी के कारणले भयो भने यकिन गर्न नसकिए तै पनि कसैले फालेको चुरोटको ठूटोले आगलागी भएको हुनुपर्ने सुरक्षाटोलीले आशंका गरि थप आगलागीबाट बचाउन स्टैण्डबाई राखिएको कोषका सदस्यसचिव ज्ञानिनराईले जानकारी दिए।


























