काठमाडौं, चैत्र १४ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य गजेन्द्रकुमार लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
काँग्रेस महासमिति सदस्य एवं वरिष्ठ समाजसेवी लामाको उपचारका क्रममा यही चैत १३ गते भारतको मेदान्त अस्पतालमा निधन भएको हो। सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।
साथै सभापति देउवाले स्व लामाले मुलुकको प्रजातान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। रासस
Facebook Comments


























