चितवन, चैत्र १४ । इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले गाउँपालिकका नागरिकहरुलाई कोरोना भाइरसबाट सुरक्षित राख्न वार्ड न ४ को सर्वशान्ति मा.वि. र त्रिबेणी बराह मा.वि. मुग्लिनमा क्वारेन्टाइनको व्यवस्था मिलाएकी छन्। काेराेना भाइरसकाे संक्रमणबाट सुरक्षित रहन गाउँपालिकाभित्रै क्वारेन्टाइनकाे व्यवस्था गरिएकाे उनले बताइन्।
विशेष गरि देशबाहिरबाट गाउँमा आएकाहरुकाे लागि गाउँपालिकाभित्रै क्वारेन्टाइनकाे व्यवस्था गरिएकाे उनकाे भनाइ छ। ‘कसैकाे घरमा क्वारेन्टाइन बनाउन सम्भव नभए त्यस्ता व्यक्तिकाे लागि हामीले दुईवटा विद्यालयमा क्वारेन्टाइन बनाएका छाैँ,’ उनले भनिन्। डर त्रास नमानी क्वारेन्टाइनका लागि अध्यक्ष गुरुङ आफैँले बेडहरु मिलाउँदै छिन्। पद अनुसार यसरी काम गर्ने कम नै हुन्छन, जसमध्य इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गुरुङ एक हुन्।

