काठमाडौं, चैत्र १२ । मंगबार बढेर अहिले सम्मकै उच्च बिन्दुमा पुगेको डलरको भाउ बुधबार भने घटेको छ। मंगलर डलर एकको भाउ बढेर खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा पुगेको थियो। बुधबार भने डलर एकको भाउ खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरमा उल्लेख गरिएको छ।
यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसैगरी पाउण्ड एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा रहेको छ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको छ। र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रुपैयाँ १७ पैसा रहेको छ।