रुकुम, चैत्र १२ । रुकुम पश्चिममा कोराना भाइरस (कोभिड–१९) को लक्षण देखिएका एक बिरामी अस्पतालमा भर्ना भएका छन्। उनी ३ दिनअघि भारतको केरलाबाट जिल्लामा आईपुगेका थिए।
रुकुम आठबिसकोट नगरपालिका घर भएका २० बर्षिय उक्त युवक हाल रुकुम सदरमुकाम सल्लेस्थित राप्ती समाज अस्पतालमा छन्। जिल्ला अस्पताल सल्ले रुकुमका डा. राजकुमार भुजेलका अनुसार भारतबाट आएर पनि सदरमुकाम स्थित एक आफन्तको कोठमा बसेका थिए।
जरो आउने, सुख्खा खोकी लाग्ने लगायतको कोराना भाइरसको लक्षण देखिएपछि उनी नजिकैको स्वास्थ्य संस्थामा चेक गराउन लगिएको थियो।
जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा समेत कोरोना भाइरस चेकजाँच तथा उपचारका लागि चिकित्सकहरुसंग आवश्यक सामग्री नभएका कारण चेकजाँच तथा उपचार समस्यामा भैरहेको बताइएको छ।
Facebook Comments