असार ७ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच जारी तनाव नियालिरहेको बताएका छन्।
राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर पत्रकारसँग कुराकानी गर्दै उनले भारत– चीनबीचको तनावलाई नियालीरहेको र आवश्यक परे सहयोगका लागि इच्छुक रहेकोसमेत उनले जनाएका छन्।
‘यो निकै मुश्किल परिस्थिती हो। हामी भारत र चीनसँग कुरा गरिरहेका छौं। यी दुई देशबीच ठूलो समस्या छ। दुबै एकअर्काको आमने–सामने भएका छन् र अब के होला भनेर हामी हेरिरहेका छौं। हामी उनीहरुलाई सहयोग गर्ने कोसिस गरिरहेका छौं।’
यही जुन १५ मा लद्दाखको गलवानमा चीन र भारतका सैनिकबीच भएको हिंसात्मक झडपपछि राष्ट्रपति ट्रम्पले पहिलो पटक प्रतिक्रिया जनाएका हुन्। यसअघि उनले दुई मुलुकबीचको सीमा विवादमा आवश्यक परे मध्यस्तता गर्न पनि अमेरिका तयार रहेको प्रतिक्रिया जनाइसकेका छन्। एजेन्सी
Facebook Comments


























