चेत्र १२ । कोरोना भाइरसद्वारा संक्रमित बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’आएको छ।
बीबीसी हिन्दीका सहयोगी समिरात्मज मिश्रले कनिका कपुरको हेरविचारका लागि ६ नर्स खटाइएको र उनीहरु चार–चार घण्टाको सिफ्टमा काम गरिरहेको जानकारी दिए।
यसैबीच लखनउमा मंगलबार कोरोना भाइरसको कुनै नयाँ संक्रमित नभेटिएको बताइएको छ। पछिल्लो चार दिनदेखि जतिपनि स्याम्पल परीक्षण गरिए, ती सबैको रिपोर्ट ‘नेगेटिभ’ भएको बताइएको छ।
Facebook Comments

























