चैत्र १२ । पोचुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले कोरोना भाईरसविरुद्ध लड्न आर्थिक सहयोग गरेका छन्।
पोर्चुगलका कप्तान रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले कोरोनाविरुद्ध लड्न १ मिलियन युरो सहयोग गरेका छन्। उनीहरुले पोर्टो र लिस्बनको एक एक अस्पताल उक्त सहयोग गरेका हुन्।
रोनाल्डो र मेन्डिसले कोरोनाका विरामी उपचारको लागि भेन्टीलेटर र बेड निर्माणका साथै अन्य आवश्यक सामग्री खरिदका लागि लिस्बनको सान्टा मारिया अस्पताल र पोर्टोको सान्टो एन्टोनियो अस्पताललाई सहयोग गरेका हुन्।
चीनबाट फैलिएको कोरोनाको कारण विश्व खेलकुद ठप्प रहेको छ। तर, विश्वका धेरै खेलाडीले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गर्दै आइरहेका छन्।
बार्सिलोनाका कप्तान लियोनल मेस्सी, म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवाला लगायतले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गरिसकेका छन्। एजेन्सी