चितवन, चैत्र १० । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सावधानि अपनाउनुपर्ने भएकाले भरतपुर महानगरपालिका वडा न ४ लंकुमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सेवाहरु परिवर्तन गरेको छ ।
संस्थादवारा जारी एक विज्ञप्तिमा सञ्चालित सेवाहरु आज (सोमवार) देखि अर्को सुचना नआएसम्म कार्यालय बिहान १० देखि १ बजे सम्म खुल्ने जनाईएको छ।
यस्तै धितो जमानत ऋण स्थगित गर्ने, दैनिक बचत स्थगित गर्ने, नगद भन्दा चेक वा बैंकमा जम्मा गर्नेलाई प्राथमिकता दिने र चैत्र महिनाको नियमित बचत कर्तालाई बिलम्ब शुल्क नलाग्ने विज्ञप्तिमा जनाईएको संस्थाका अध्यक्ष भानुभक्त सापकोटादवारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएकोछ।

Facebook Comments