चितवन, चैत १० । कोरोनाको त्रासमा कारण चितवनबाट प्रकाशन हुने पत्रपत्रिकाहरु पर्सी बुधबारदेखि २१ गते शुक्रबारसम्म बन्द हुने भएका छन्।
चितवनका १९ वटा दैनिक तथा साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशकहको बैठक बसी बैठकपछि जारी प्रेस विज्ञप्तिमा सो बारेमा जानकारी गराइएको हो ।विज्ञप्तिमा सबैतिर बजार बन्द भएसँगै पत्रपत्रिकाको प्रकाशनमा कठिनाइ परेकोले यस्तो निर्णय गर्नुपरेको उल्लेख गरिएको छ।
न्यूज प्रिन्टको अभाव, समाचार संकलनमा जोखिम भएको उल्लेख गरिएको छ। त्यसैगरी पत्रपत्रिका बन्द भए पनि अनलाइन संस्करण भने बन्द नहुने विज्ञप्तिमा जनाईएको छ।

Facebook Comments