चितवन, चैत्र १० । कोरोना भाइरस (कोभिड–१९) का कारण अतिआवश्यक बाहेक सबै उद्योग, कलकारखाना, बजार बन्द गर्न उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ।
संघका अध्यक्ष राजु श्रेष्ठद्धारा सोमबार जारी विज्ञप्तीमा राजपत्रमा उल्लेखित अतिआवश्यक सेवा बाहेकका सबै उद्योगधन्दा, व्यापार, व्यवसाय चैत २१ गतेसम्मका लागि बन्द गर्न अपिल गरिएको हो ।
यस्तै संघले अनावश्यक सामग्री भण्डारण नगर्न आग्रह गरेको छ।
