महोतरी, चैत्र १० । महोत्तरीको सम्सी गाउँपालिका २ मा एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
सम्सी गाउँपालिका २ पर्सादेवाड गाउँका १३ वर्षीय मजिबुल अंसारीको घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो। बालक अंसारीका आफन्तहरुले उनकी भाऊजुले उनको घाँटीमा खुट्टाले थिचेर हत्या गरेको आरोप लगाएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले अंसारीको शव प्रहरीले उनको आफन्तहरुले जातीय संस्कार अनुसार स्थानिय कब्रगाह (चिहान) मा गाडिरहेको अवस्थामा त्यहाँबाट नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान समेत अगाडि बढाइ सकिएको उनले बताए।
जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको अंसारीको शवको घाँटीमा दुवैतिर थिचिएको निलडाम समेत देखिएको प्रहरीले जनाएको छ।
Facebook Comments