काठमाडौं, चैत्र १० । कोरोना भाइरस संक्रमणविरुद्ध जुध्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड सहयोग गर्ने घोषणा गरेको छ।
संघको आइतबार बसेको बैठकले १ करोड सहयोगको घोषणा गरेको हो। प्रधानमन्त्री राहतकोषमार्फत् वा सल्लाहबमोजिम औषधिजन्य सामग्री सहयोग गर्ने निर्णय गरिएको संघका अध्यक्ष कुमार पन्तले बताए।
संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ।
Facebook Comments