काठमाडौं, चैत्र १० । आजदेखि सेयर बजार बन्द हुने भएको छ। कोरोना भाइरसका कारण उच्च सतर्कता अपनाउन नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई पाँच दिन सेयर बजार बन्द गर्न निर्देशन दिएको हो।
जसअनुसार चैत १० गतेदेखि १५ गतेसम्म सेयर बजार बन्द हुनेछ। आइतबार बोर्डको बैठकले अबका पाँच दिन सेयर बजार बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो।
बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार चैत १० देखि पाँच दिनका लागि धितोपत्र बजार बन्द गर्न एक्सचेञ्जलाई आदेश दिने निर्णय भएको हो।
Facebook Comments


























