हेटौँडा, चैत्र १० । हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ। मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए।
मृतकको शव हेटौँडा अस्पतालमा रािखएको र मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको उनले बताए। रासस