चैत १० । सरकारले आजदेखि लामो रुटमा चल्ने सवारी साधनमा रोक लगाएको छ। सोमबारदेखि लागूहुनेगरि दुई सय ५० किलोमिरट भन्दा बढीको यात्रामा सरकारले रोक लगाएको हो।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ।