मोरङ, चैत्र ६ । नेपाली काँग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफुले सभापतिमा उम्मेद्वारी दिने बताएका छन्। बिराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।
सभापतिमा उम्मेद्वारी दिनका लागि आफूले सबै तयारी गरिसकेकाले अब पछि नहट्ने कोइरालाले बताए। काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका कोइरालाले १४ महाधिवेशनबाट आफु सभापति बन्ने दावीसमेत गरेका छन्। ‘महाधिवेशनको तयारीका लागि देशभरका नेता कार्यकर्तासँग साक्षात्कार गरिरहेको छु,’ नेता कोइरालाले भने, ‘मलाई धेरैको साथ छ, अबको सभापति मै हुँ।’
धेरै नेता कार्यकर्ताहरुले आफूलाई सभापतिमा उम्मेद्वारी दिन आग्रह गर्ने गरेको उनले बताए। सबैको सुझाव र आग्रहमा अघि बढिरहेको बताउँदै उनले पार्टीलाई सहि दिशामा अघि बढाउन पनि आफुले सभापतिमा उम्मेद्वारी दिन आवश्यक रहेको जिकिरसमेत गरेका छन्।


























