चितवन, चैत्र ६ । भरतपुरमा ‘कोरोना विशेष अस्पताल’ तयार भएको छ। भरतपुर महानगरपालिकाले ७२ घन्टामा अस्पताल तयार हुने जानकारी गराएको थियो।
आइसोलेसन वार्डसहितको ७० बेडको कोरोना अस्पताल तयार भएको हो। भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी हलमा कोरोना विशेष अस्पताल तयार पारिएको हो।
भरतपुर महानगरपालिकाको विशेष पहलमा चितवनका उद्योगी, व्यापारी, नागरिक अगुवा, बौद्धिक समुह, चिकित्सकहरु, सुरक्षा निकायले अस्पताल निर्माणमा योगदान गरेका छन्।
Facebook Comments


























