चैत्र ६ । एक्स ल्याब डिडब्लु ०२८ स्मार्ट वाच जीपीएस सिस्टम प्रयोग गरी बनाइएको एउटा स्मार्टवाच हो। यो स्मार्टवाच वाटरप्रुफ रहेको छ।
यसमा मुटुको धड्कन मापन गर्न सकिने, कलिङ सपोर्ट, स्लिपिङ मोड जस्ता सुविधा रहेका छन्। यसबाट ६ प्रकारका स्पोर्ट ट्रयाकिङ पनि गर्न सकिन्छ।
ट्राएल रन, वाकिङ, इन्डोर रन, रनिङ, बाइकिङ, हाइकिङ गर्दा यो वाचलाई प्रयोग गर्न सकिन्छ। यो स्मार्टवाचमा एनड्रोइड र आइओएस अपरेटिङ सिस्टममा उपलब्ध रहेको स्ट्रभा एप प्रयोग गरिएको छ।
हिटफिटको मद्दतबाट स्पोर्ट डेटा स्ट्रभा एपमा सेयर गर्न सकिन्छ। स्ट्रभामा डाटा सेयर गरिसकेपछि सजिलै टाइटल र डिस्क्रिप्सन सम्पादन गर्न सकिन्छ।
Facebook Comments


























