दाङ, चैत्र ६ । दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरेर राखेको एक बसमा आगजनी भएको छ।
तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा पार्किङ गरेर राखेको ना ४ ख ७१८८ नम्बरको बसमा गए राति अज्ञात व्यक्ति वा समूहले आगो लगाएको हुनसक्ने प्रहरीले आंकलन गरेको छ।
बसमा कसले र किन आगजनी गरेको हो भन्नेबारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता चक्रडम्मर पालले बताए। ना ४ ख ७१८८ नम्वरको बसमा गएराति ११ बजेतिर आगजनीबाट बसमा क्षति पुगेको छ।
त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिको उक्त बस विगत तीन महिनादेखि बसपार्कमा पार्किङ गर्ने गरिएको थियो।
Facebook Comments


























