काठमाडौं, चैत्र ३ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले विद्यावारिधी तहको अध्ययन पूरा गरेका छन्। उनले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गरेका हुन्।
नेपालमा राजनीतिक हिंसा र माओवादी द्धन्द्ध विषयमा थेसिस लेखेका रावलको आज भाइभा सम्पन्न भएको हो। उनको थेसिसलाई त्रिभुवन विश्वविद्यालयको मानविकि संकायको रिसर्च कमिटिले स्वीकारेपछि औपचारिक रुपमा विद्यावारिधीको अध्ययन पूरा भएको हो। रावलको गाइडमा प्राध्यापक डा.मीना वैद्य थिइन्।
पीएचडी रिसर्चका लागि रावल पछिल्लो समय राजनीतिमा भन्दा अध्ययनमा बढी व्यस्त थिए। उनी रिसर्चका लागि सक्रिय भई लागेका थिए।
Facebook Comments

























