सर्लाही, चैत्र ३ । लालबन्दी नगरपालिका–१ लखनदेही खोलाबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा महोत्तरी, महोत्तरी गाउँपालिका–१ पर्सा बस्ने २४ वर्षीय सुनिल यादव र सोही ठाउँ बस्ने २९ वर्षीय राम प्रताप यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले ज ३ प ६०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजासहित फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार रामलाई पक्राउ गरेको हो।
Facebook Comments

























