चितवन, चैत्र २ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सार्वजनिक बिदाको दिन स्विकृती नलिई सञ्चालनमा आएका सरकारी सवारी साधन नियन्त्रयमा लिएको छ।
हिजो (शनिवार) जिल्लाका विभिन्न स्थानमा चेकजाच गर्ने क्रममा ५ वटा चार पाग्रें र २ वटा मोटरसाईकल गरी ७ वटा सवारी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सवारी साधनलाई पहिलो पटक सचेत गराई छाडीएको जिल्ला प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक दयाकृण भट्टले जानकारी दिए ।
सवारी साधन चलाउँदा प्रयोजन समेत खुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र लिएर मात्र सञ्चालन गर्न ध्यानाकर्षण गराई छाडिएको ट्राफिक प्रहरी निरीक्षक भट्टले बताए ।
Facebook Comments


























