जम्मु, चैत्र २ । भारत प्रशासित जम्मु–कास्मिरमा आइतबार बिहानै भारतीय सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको छ।
दोहोरो गोलबारीमा चार आतंकवादी मारिएको समाचार संस्था एएनआईले जनाएको छ। स्थानीय प्रहरीकाअनुसार अनन्तनाग जिल्लाको दियालगाममा सुरक्षा बल र आतंकवाबीच गोलाबारी भएको थियो।
आतंकवादी अनन्तनागको दियालगाममा पसेको सूचनापछि सुरक्षा बल उनीहरको खोजीमा हिँडेको थियो। सोही क्रममा भिडन्त भएको थियो।
Facebook Comments


























