चैत्र १ । जापानका प्रधानमन्त्री सिन्जो आबले टोकियो ओलम्पिकका खेल जुलाईमै योजनाबद्व तरिकाले अघि बढाउने बताएका छन्।
कोरोना भाईरसका कारण खेल ईभेन्टहरु स्थगित भईरहेको समय जापानी प्रधानमन्त्रीले योजना अनुसार जुलाईमा प्रतियोगिता अघि बढ्ने बताएका हुन्।अबेले अन्तराष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक आयोजनाको अन्तिम निर्णय गर्ने समेत बताएका छन्
‘हामी संक्रमणको असरलाई टाढा राख्नेछौ बिना समस्या ओलम्पिकको आयोजना गर्नेछौ।’ अबेले भनेका छन्।
कोरोनाकै कारण ओलम्पिक प्रतियोगिता सर्ने आशका भईरहेको समय जापानी प्रधानमन्त्रीले ओलम्पिक आयोजनामा प्रतिबद्व रहेको जनाएका हुन्। जापानमा १४ सय बढीमा कोरोनाको संक्रमण देखिएको छ। जसमा २८ जनाको मृत्यु भएको छ।
टोकियो ओलम्पिक आयोजन गर्न करिब १ दशमलव ३५ ट्रिलियन येन खर्च हुने अनुमान छ। ओलम्पिक टर्च रिले जापानको क्षेत्र फुकुसिमामा मार्च २६ बाट सुरु हुदैछ। हालै ओलम्पिक टर्चको बिना समर्थक समारोहको आयोजना गरिएको थियो।
कोरोनाकै कारण अमेरिकाले धेरै ओलम्पिकका ट्रायल ईभेन्टहरु स्थगित गरेको छ। एजेन्सी


























