काठमाडौं, चैत्र १ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी दिएका छन्। उनले मिर्गौलाको सफल प्रत्यारोपणका लागि बधाई दिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री ओली शुक्रबारमात्र अस्पतालबाट डिस्चार्ज भएका थिए।
Facebook Comments






















