चैत्र १ । जर्मनी र फ्रान्सको शीर्ष दुई डिभिजन लिग फुटबल खेल स्थगित गरिएको छ। कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि जर्मनीको बुन्डेस लिगा र फ्रान्सको लिग वान फुटबल तत्कालबाट लागु हुने गरि स्थगित गरिएको हो।
जर्मन फुटबल लिगले बुन्डेस लिगा आगामी अप्रिल २ सम्मको लागि स्थगित गरिएको जनाएको छ। यस्तै फ्रान्सको लिग डी फुटबल प्रोफेसनलले शुक्रबारबाटको सम्पूर्ण खेल स्थगित गरिएको जनाएको छ।
चीनबाट फैलिएको कोरोना युरोपियन राष्ट्रमा द्रुत गतिमा फैलिएपछि अधिकांस देशको खेल गतिविधि ठप्प भएको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले शुक्रबार मात्र च्याम्पियन्स लिग र युरोपा लिग स्थगित गरेको थियो। एजेन्सी
Facebook Comments


























