काठमाडौं, फागुन ३० । नेपाली कांग्रेसले पूर्व मन्त्री पूर्णकुमार शेर्माको श्रद्धाञ्जलीमा तीन दिन झण्डा आधा झुकाउने भएको छ।
शुक्रबार कांग्रेस केन्द्रीय मूख्यालय सानेपाले बक्तव्य जारी गर्दै तीन दिनसम्म शोक मनाउने जनाएको छ। १२ असोज २००० मा जन्मिएका शेर्माको २८ फागुनमा ललितपुरको निदान अस्पतालमा मृत्यु भएको थियो।
कांग्रेसले शेर्माको श्रद्धाञ्जलीका लागि ३० फागुन देखि २ चैतसम्म केन्द्रीय र जिल्ला पार्टी कार्यालयमा झण्डा आधा झुकाउने र २ चैतमा सवै कार्यालय बन्द गर्ने भएको छ । कांग्रेसले तेह्रौं दिन केन्द्र र सवै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ।
Facebook Comments

























