काठमाडौं, फागुन ३० । कोरोना भाइरसबारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो।
महाशाखाका निर्देशक वासुदेव पाण्डेले कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गरे।
यो नम्बरमा आउने फोन उठाउन ६ जना कर्मचारी खटाइएको पनि उनले बताए। कोरोनाबारे बुझ्न १११५ नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिनेछ।
Facebook Comments

























