काठमाडौं, फागुन २७ । रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ।
पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चीर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुन्छ।
तराईका जिल्लाहरुमा आज रंग/अवीर दलेर शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ। होली पर्व मनाउने तराईका जिल्लाहरुमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
अन्य देशहरूमा होलीमा रौनक
अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ। हरेक मुलुकमा आआफ्नै तरिकाले होली पर्व मनाइन्छ। इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नाममा मनाइन्छ।
भारत, अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड लगायतका देशमा समेत होली आ–आफ्नै तरीकाले मनाइन्छ।
Facebook Comments

























