काठमाडौँ, फागुन २७ । प्रहरीको खोजी सूचिमा रहेका ठेकेदार मनोज भेटवालले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
एपेक्स बैंक घोटला काण्डमा मुछिएका ‘क वर्ग’का ठेकेदार भेटवाल मंगलबार बिहान साढे ८ बजे महानगरीय प्रहरी परिसर टेकुमा हाजिर भएका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
‘हाम्रो खोजी सूचिमा हुनुहुन्थ्यो, आज बिहान आफै आउनुभो’, बोगटीले भने।
भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो। भेटवाल लामो समदेखि लुकेर बसेका थिए।
Facebook Comments

























