फागुन २६। इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले ईन्टर मिलानलाई हराएको छ। आईतबार राति खाली रंगशालामा भएको खेलमा युभेन्ट्सले ईन्टर मिलानलाई २–० ले हराएको हो।
कोरोना भाईरसका कारण खेल बन्द रंगशालामा आयोजना गरिएको थियो। सिरि ए फुटबलको सबै भन्दा ठुलो मध्यको एक खेल बिना दर्शक खेलाईएको हो।
कम्तिमा अप्रिल ३ सम्म खाली रंगशालामा फुटबल खेलाउने ईटालीको निर्णय छ।
ईटालीमा कोरोनाका कारण ३ सय ६६ मानिसको मृत्यु भएको छ भने ७ हजार ३ सय ७५ मानिसमा संक्रमण देखिएको छ।
खेलको ५४ औं मिनेटमा आरोन राम्सीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए। पाउलो ड्याबालाले ६७ औं मिनेटमा युभेन्ट्सको अग्रता दोब्बर बनाउने काम गरे।
पाडिली ७९ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि ईन्टर मिलान १० खेलाडीमा सिमित बनेको थियो।
यस खेलसँगै युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले करियरको १ हजार खेल पुरा गरेका छन्।
उपाधिमा दाबी गरिरहेको ईन्टर पछिल्लो हारसंग शीर्ष स्थानको युभेन्ट्स भन्दा ९ अंकले पछाडी परेको छ। इन्टर ५४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ।
युभेन्ट्स ६३ अंक सहित लिगको शीर्ष स्थानमा फर्किएको छ। एजेन्सी


























