फागुन २६ । ब्याडमिन्टनकी स्टार पीभी सिन्धुले बीबीसी इन्डियन स्पोर्ट्सवुमन अफ दि इयर अवार्ड जितेकी छिन्।
बीबीसीले खुलाएको भोटमा सर्वाधिक भोट ल्याएर सिन्धुले यस अवार्ड जितेकी हुन्।
सिन्धुले बक्सिङकी मेरी कोम, धाविका दुटी चन्द, कुस्तीकि भिनेश भोगट र पारा ब्याडमिन्टनकी मनाशी जोशीलाई पछि पार्दै अवार्ड जितेकी हुन्।
२४ वर्षीय सिन्धुले सन् २०१९ मा स्विजरल्याण्डमा भएको विश्व ब्याडमिन्टन च्याम्पियनसिपमा स्वर्ण जितेकी थिईन् ।
सिन्धु टोकियो ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्यमा रहेकी छिन्।
सिन्धु ओलम्पिकमा रजत जित्ने पहिलो ब्याडमिन्टन खेलाडी हुन्।
उनले करियरको १०० भन्दा बढी उपाधि जितिसकेकी छिन्। एजेन्सी
Facebook Comments


























