काठमाडौं, फागुन २३ । १ सय ७९ जना नेपाली कतारल प्रहरीमा भर्ती भएका छन्। कतारले नेपालीलाई प्रहरी सेवामा लिएको यो पहिलो पटक हो।
कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो। उनीहरुको चार महिने प्रहरी तालिम सकिएको छ। तालिम सकिएसँगै उनीहरु कार्यक्षेत्रमा खटिएका छन्।
यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो। नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो।
कतारमा झन्डै चार लाख नेपाली कामदार छन्। प्रहरी सेवामा नेपालीको उपस्थितिले नेपाली कामदारलाई सुरक्षा सेवा दिन थप प्रभावकारी हुने कतारले विश्वास लिएको छ।
Facebook Comments

























