चितवन, फागुन २३ । विश्वमा फैलदैँ गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको भन्दै आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा यही फागुन २८ गतेदेखि यथाशीघ्र सञ्चालन गरी आगामी चैत्र ५ गते भित्र सम्पन्न गर्न भरतपुर महानगरपालिकाले चितवनका सम्पूर्ण विद्यालयलाई अनुरोध गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय स्तरको बार्षिक परीक्षा चैत ५ गते भित्र सक्काउन निर्देशन दिएपछि महानगरले शुक्रवार एक विज्ञप्ती जारी गर्दै विद्यालयलाई अनुरोध गरेको हो।

Facebook Comments

























