काठमाडौं, फागुन २३ । कोरोना भाइरसको संक्रमण फैलिने खतराका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको र विद्यालयहरू बन्द गर्ने भन्ने खालका गलत समाचार प्रवाह भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ।
शुक्रवार जारी गरिएको विज्ञप्तिमा एसईई पूर्व निर्धारित समयमै हुने उल्लेख छ।
‘परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्वद्ध सबैमा हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालयका आधिकारिक वेबसाइटमार्फत सूचना सम्प्रेषण गरिने जनाएको छ।

Facebook Comments


























