चितवन, माघ ३ । भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरमा पर्यटक वोकेको बस र ट्रक ठोक्किदा ३३ जना घाईते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट आउँदै गरेको ट्रक र पर्यटक बोकेको आज बिहान सवाँ ११ बजे ठोक्किएको हो । गुडीरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बस ठोक्किदा ३३ जना यात्रु घाईते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढ तर्फ आउँदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकमा पछाडीबाट आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बस ठोक्किएको थियो ।
दुर्घटनामा परि पर्यटक बसमा सवार २१ जना चिनिया सहित ३२ जना र घरमा रहेका एक जना महिला घाईते भएको प्रहरीले जनाएको छ। घाईते मध्ये २१ जना चिनिया पर्यटक रहेका छन्। पर्यटक सौराहा आउँदै गरेको जनाईएको छ।
घाईतेहरुको भरतपुर अस्पताल, चितवन मेडीकल कलेज र पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ। घाईते मध्ये केहीको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।