फागुन २३ । हामीले नयाँ ल्यापटप किन्नुपर्ने अवस्थामा ल्यापटपबारे सबै कुरामा हाम्रो ध्यान नपुग्न पनि सक्छ। जसले गर्दा ल्यापटप किनिसकेपछि पछुताउनुको अलावा अरू कुनै विकल्प रहँदैन। त्यसैले, तपाईंले ल्यापटप किन्दा यी टिप्स अपनाउनुभयो भने तपाईंको काम सहज हुनुका साथै ल्यापटपको आयु पनि लामो हुन्छ
१) अपरेटिङ सिस्टम
नयाँ ल्यापटप किन्दा सही अपरेटिङ सिस्टम छनोट गर्न अलमल हुन पनि सक्छ। हिजो आज बजारमा प्रिस्टाइल अपरेटिङ सिस्टमवाला धेरै ब्रान्डका ल्यापटप पाइन्छन्। अहिले सबैभन्दा बढी लोकप्रिय अपरेटिङ सिस्टममा विन्डोज ७, विन्डोज ८, विन्डोज १० र एप्पलको आइओएस १० र ११, गुगल क्रोम ओएस छन्। यसअनुसार जुन अपरेटिङ सिस्टममा काम गर्न सजिलो हुन्छ सोही सिस्टम छान्नु उपयुक्त हुन्छ।
२) किबोर्ड
यदि तपाई ल्यापटपमा ज्यादा काम गर्नुहुन्छ भने तपाईंका लागि सोलिड किबोर्डवाला ल्यापटप उपयुक्त हुन्छ। यसबाट तपाईको किबोर्डको की छिट्टै खराब हुने सम्भावना कम हुन्छ। यदि तपाई बिजनेस ल्यापटप किन्न चाहनुहुन्छ भने किबोर्डमा जी र एचको बीचमा नब चेक गर्नुहोस्। उक्त नबको सहयोगले तपाईं आफ्नो औंला सजिलैसँग किबोर्डमा राख्न सक्नुहुन्छ।
३) डिस्प्ले
कोही मानिसलाई सानो स्क्रिन भएको ल्यापटप मन पर्छ त कसैलाई ठूलो साइजको। यस्तोमा तपाईं आफ्नो सुविधा र सहजताका आधारमा ल्यापटप स्क्रिन छनोट गर्न सक्नुहुन्छ। १५ इन्चको स्क्रिन साइज प्रयोगकर्ताले रुचाएको र काम गर्न सजिलो मानेको साइज हो।
४) प्रोसेसर र र्याम
ल्यापटप किन्दा बाहिरी आवरणका अलावा आन्तरिक फिचरका बारेमा पनि सावधानी अपनाउनुपर्ने हुन्छ। तपाईंले उपयुक्त प्रोसेसर र र्यामको छनोट गर्न नसकेको अवस्थामा पछि अनावश्यक झन्झट उठाउनुपर्ने हुन्छ। इन्टेल आई ३, इन्टेल आई ५ र इन्टेल आई ७ मा कुनै एक प्रोसेसर छनोट गर्नु उत्तम हुन्छ। साथै, लेटेस्ट अपरेटिङ सिस्टम प्रयोग गर्न चाहनुहुन्छ भने ४ जिबी र्याम भएको ल्यापटप छनोट गर्ने सही विकल्प हुन सक्छ।
५) ब्याट्री ब्याकअप
ल्यापटपलाई पावर दिनका लागि ब्याट्री जरुरत पर्दछ। यसैले ल्यापटप किन्दा ब्याट्री ब्याकअपका बारेमा थाहा पाउनु जरुरी हुन्छ। साधारणतया ल्यापटपमा लिथिएम आयन ब्याट्री हुन्छ जसले लामो समयसम्म ब्याकअप दिन्छ। लिथियम आयन ब्याट्रीद्वारा सञ्चालित हुने ल्यापटपमा ब्याट्रीको एमएएच जाँच लिन सकिन्छ। त्यसअनुरूप जति लामो एमएएच हुन्छ उति नै लामो ब्याट्री ब्याकअप रहन्छ।


























