फागुन २२ । भारत आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ।
आज हुने भनिएको इङल्याण्डसँगको सेमिफाइनल खेल बर्षाका कारण रद्ध भएपछि समुह चरणको प्रदर्शनको आधारमा भारत फाइनलमा पुगेको छ। त्यस्तै इङल्याण्ड भने दुर्भाग्यवश खेल नै नखेली बाहिरिएको छ।
भारतले समुह चरणमा चारै खेल जितेको थियो भने इङल्याण्डले तीन खेल मात्र जितेको थियो।
योसँगै भारत पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेको छ। यसअघि भारत सेमिफाइनलबाट बाहिरिएको थियो। अघिल्लो विश्वकपमा सेमिफाइनलमा भारत इङल्याण्डसँग नै पराजित भएको थियो।
अब भारतले फाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रीकाबीचको विजेतासँग खेल्ने छ।
दोस्रो सेमिफाइनल पनि आजै हुने तालिका रहेको छ। भने फाइनल खेल मार्च ८ मा हुने छ। एजेन्सी
Facebook Comments


























