काठमाडौं, फागुन २२ । ‘मिस वर्ल्ड’ २०१९ विजेता जमैकाकी टोनी एन सिंह नेपाल आएकी छिन्। उनी बिहीवार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन्।
तीन दिने भ्रमणका लागि नेपाल आएकी सिंहलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ लगायतले विमानस्थलमा स्वागत गरेका थिए। सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन्।
नेपालमा रहँदा उनले सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रा गर्नेछिन्। उनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्ने कार्यक्रम रहेको छ।
उनले हेलम्बुकै सोस्लिङमा रहेको मिस नेपाल अनुष्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन् त्यस्तै उनी पूर्व मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकल गर्न मकवानपुर जाने कार्यक्रम रहेको छ।
Facebook Comments


























