फागुन २१ । सामान्य वर्षहरुमा फेब्रुअरी महिना २८ दिनको हुन्छ। तर हरेक चार वर्षमा आउने अधिक वर्षमा चाहिँ फेब्रुअरी महिनामा २९ दिन हुन्छन्। यो वर्ष पनि फेब्रुअरी २९ दिनको थियो।
अधिक वर्ष अर्थात् लिप इयरमा ३ सय ६६ दिनको वर्ष हुने हुनाले फेब्रुअरी महिनामा एक दिन थपिएको हुन्छ। जबकी सामान्य वर्षहरु ३ सय ६५ दिनका हुन्छन्।
तर अनुसन्धानकर्ताहरुले यस्तो पात्रो बनाउँदैछन् जसमा अधिक वर्ष हुने छैन। अनि फेब्रुअरी महिना ३० दिनको हुनेछ।
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका दुईजना प्राध्यापकहरुले एक नयाँ क्यालेन्डर सिर्जना गर्दैछन्। अर्थशास्त्री स्टिभ एच हेन्के र खगोलविद रिचार्ड केन हेनरी यदि आफ्नो शोधमा सफल भए र उनीहरुले डिजाइन गरिरहेको पात्रोले विश्वभर मान्यता पायो भने सन् २०२० को वर्ष नै सम्भवतः इतिहासको अन्तिम अधिक वर्ष हुनेछ।
उनीहरुले बनाएको क्यालेन्डरको नाम हेन्क हेनरी पर्मानेन्ट क्यालेन्डर हो। यसमा वर्षमा ३ सय ६४ दिन हुनेछन्।
यो पात्रो एक स्थायी पात्रो हुनेछ जसमा हरेक वर्षको सुरुवात सोमबार हुनेछ। कुनैपनि मान्छेको जन्मदिन हरेक वर्ष एउटै बारमा पर्नेछ। अर्थात् हरेक वर्षको पात्रो समान हुनेछ। जसमा फेब्रुअरी महिना ३० दिनको हुनेछ। पात्रोमा जनवरी, अप्रिल, मे, जुलाई, अगष्ट, अक्टोबर र नोभेम्बरमा पनि ३० दिन हुनेछन्। अन्य बाँकी चार महिना ३१ दिनका हुनेछन्।
यो पात्रोमा कुनै अधिक वर्ष हुनेछैन। तर हरेक ५÷६ वर्षको अन्तरालमा वर्षको अन्तिममा एक हप्ता अतिरिक्त हप्ताको रुपमा हुनेछ।
पात्रो सुधारको क्षेत्रमा यो एक साहसिक कदम रहेको बताइएको छ। किनकी अहिले विश्वमा जुन अंग्रेजी क्यालेन्डर प्रचलनमा छ, त्यो बनाउनका लागि सयौँ वर्षको समय लागेको थियो।
जुलियस सिजरले रोमन साम्राज्यका बेला ३ सय ६५ दिनको क्यालेन्डर बनाएका थिए, जसलाई मिश्रबासीले तयार गरेका थिए। त्यसमा एक अधिक दिन सामेल थियो। त्यस समय यो पात्रो अन्य पात्रोको तुलनामा सटिक भए पनि त्रुटीरहित भने थिएन।
क्यालेन्डर बनाउने मिश्रका खगोल वैज्ञानिकहरुले प्रत्येक जुलियन वर्षमा एक अतिरिक्त ११ मिनेट १४ सेकेण्डको समय जोडेका थिए। शताब्दी समाप्त भएसँगै त्यो बोनस समय पनि बढ्दै गयो। त्यो अतिरिक्त समयलाई कम गर्नका लागि पोपले वर्षमा १० दिन घटाइदिए। जसका कारण इटाली, स्पेन तथा अन्य युरोपेली देशहरुमा ४ अक्टोबर १५८२ को दिन १५ अक्टोबर शुक्रबार बन्न पुग्यो।
समयको उक्त बहाबलाई फेरि रोक्नका लागि पोपले पुनः समय घटाए तर यसपटक त्यसको आवृत्ति कम राखे। ग्रेगोरियन क्यालेन्डरमा एक वर्ष १ सयले विभाज्य हुन्छ। त्यसका लागि ४ सय दिनको कुनै वर्ष अधिक वर्ष हुनाका लागि पनि विभाज्य हुनु पर्दछ। उदाहरणका लगि ग्रेगोरियन क्यालेन्डरमा १९०० एक अधिक वर्ष होइन, तर सन् २००० चाहिँ अधिक वर्ष हो।
सोही क्यालेन्डरले २९ फेब्रुअरी भएको अधिक वर्षको स्थापना गर्यो। युरोपमा रोमन क्याथोलिक देशभन्दा बाहिर विश्वमा अन्य देशहरु उक्त क्यालेन्डरको प्रयोग गर्न सहमत थिएनन्। बेलायत र उसका उपनिवेश मुलुकहरुले सन् १७५२ सम्म ग्रेगोरियन क्यालेन्डर प्रयोग गरेनन्।
उक्त क्यालेन्डर प्रयोग गर्दा सुरुमा बेलायतमा दंगा समेत फैलिएको थियो। सर्वसाधारणहरु ११ दिन फिर्ता हुनुपर्ने भन्दै विरोधमा उत्रिएका थिए। सबै जनाको बर्थडे पनि परिवर्तत भयो। उदाहरणको लागि जर्ज वाशिंटनको जन्मदिन जुलियन क्यालेन्डरमा ११ फेब्रुअरीमा थियो। सन् १७५२ पछि ग्रेगोरियन क्यालेन्डरमा उनको जन्मदिन २२ फेब्रुअरी हुन गयो।
अहिले नयाँ क्यालेन्डर बनाइरहेका दुई प्राध्यापकहरुको भनाई छ कि हामीलाई एउटा यस्तो क्यालेन्डरको आवश्यकता छ जसका कारण मानिसको जिवनलाई व्यवस्थित गर्नमा सहजता होस्। नयाँ पात्रोमा हरेक वर्षका तिथी मितिहरु एकैदिन पर्ने भएको हुँदा मानिसहरुलाई आफ्ना योजना तथा समय तालिका बनाउन सहज हुनेछ। साथै ३ सय ६४ दिनको वर्ष भएपछि हरेक ९१ दिनको त्रैमासिकमा विभाजन गर्न पनि सकिनेछ। जबकी ग्रेगोरियन क्यालेन्डरका अनुसार कम्पनीहरुालई आफ्नो आर्थिक त्रैमासिकमा एक हप्ता अतिरिक्त जोड्नु पर्दछ। एजेन्सीको सहयोगमा


























