काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका सम्बन्धमा प्रतिनिधिसभाले विशेष प्रस्ताव पास गरेको छ। शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइरहेका ओलीको प्रत्यारोपण सफतलताको कामनासहित विशेष प्रस्ताव पारित गरिएको हो।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा विशेष प्रस्ताव पेस गरेका थिए। सभाले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण भइरहेकाले यो संसद सफलताका साथ सम्पन्न होस् भन्ने कामना गर्दछ। साथै शिघ्र स्वास्थ्य लाभको समेत कामना गरिन्छ।’
प्रस्ताव सर्वसम्मतिले पास भएको छ।
Facebook Comments


























