काठमाडौं, फागुन १६ । विश्व डिजिटलमा रपान्तरण भइरहेको समयमा शिक्षा पनि डिजिटल्ली हुदै गइरहेको छ। प्रविधिको विकाससँगै नेपालमा पनि डिजिटलाइज शिक्षाको प्रयोग बढिरहेको छ।
हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाइन्छ। नेपालमा पनि गएको वर्ष देखि निमा एकेडेमीले डिजिटल लर्निङ डे मनाउन थालेको छ।
यो वर्ष पनि निमा एकेडेमीले फेब्रुअरी २८ अर्थात आज विविध कार्यक्रम गरी ‘डिजिटल लर्निङ डे’ मनाउन लागिरहेको छ। निमा एकेडेमीले आयोजना गरेको कार्यक्रम बिहान साढे १० बजे देखि होटेल रोयल सिंघमा सुरु भएको छ।
डिजिटल लर्निङ डे को अवसरमा परम्परागत लर्निङ र डिजिटल लर्निङको विषयमा नाटक समेत प्रस्तुत गरिने छ।
साँझ ५ बजे सम्म हुने कार्यक्रममा ‘डिजिटल लर्निङको महत्व कतिको छ’ भन्ने विषयमा प्यानल डिस्कस्न समेत हुनेछ। डिजिटल लर्निङ डेको अवसरमा निमा एकेडेमीले एप पनि सार्वजनिक गर्न लागेको छ।


























