काठमाडौं, फागुन ८ । सांसदहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको प्रिन्टिङ प्रेस खरिद प्रकरणसम्बन्धी अडियो सार्वजनिक भएपछि छानविन गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा सांसदहरुले छानविन समिति बनाउन माग गरेका हुन्। बैठकमा सांसद मिनेन्द्र रिजालले लेखा समितिका सभापतिको संयोजकत्वमा छानविन समिति बनाउन माग राखेका हुन्।
बैठकले अर्को निर्णय नभएसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ।
Facebook Comments

























