फागुन ५ । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएप प्रयोगकर्ताको संख्या २ अर्ब पुगेको छ। सन् २०१७ को अन्त्यसम्ममा डेढ अर्ब रहेको ह्वाट्सएप प्रयोगकर्ताको संख्या पछिल्लो दुई वर्षमा ५० करोडले बढेको हो।
सन् २००९ मा स्थापना भएको ह्वाट्सएप सन् २०१४ मा फेसबुकले खरीद गरेको थियो। त्यतिबेला फेसबुकले १९ अर्ब डलरमा ह्वाट्सएप खरीद गरेको थियो। जुन प्रविधि जगतमा अहिलेसम्म भएको सबैभन्दा ठूलो खरीद बिक्रि हो।
ह्वाट्सएपले एण्ड टू एण्ड इनक्रिप्सन प्रविधिको माध्यमबाट प्रयोगकर्ताका च्याटहरूलाई सुरक्षित बनाउने गरेको छ। प्रयोगकर्ताबीच आदानप्रदान भएका मेसेज तथा कलहरू ह्वाट्सएप स्वयंले समेत पढ्न र सुन्न नसक्ने दाबी ह्वाट्सएपको छ।
तथापि ह्वाट्सएपको इनक्रिप्सन प्रविधि सुरक्षाका कारणले गर्दा पछिल्लो समयमा विश्वमा विवादित समेत बन्न थालेको छ। खासगरी विश्वका सरकारहरूले यस्ता इनक्रिप्टेड डाटाहरूमा आफुलाई पहुँच दिनुपर्ने माग गर्ने गरेका छन्।
गत अक्टोबरमा अमेरिकी महान्यायाधिवक्ताले आफ्नो प्लाटफर्ममा प्रयोगकर्ताका मेसेजहरू इनक्रिप्ट गर्ने योजना तत्कालका लागि रोक्न फेसबुकलाई आग्रह गरेका थिए।
तर ह्वाट्सएपले भने आफ्नो इनक्रिप्सन प्रविधिको प्रतिरक्षा गर्दै आफुले सुरक्षा तथा प्रयोगकर्ताको गोपनियतामा कुनै सम्झौता नगर्ने बताएको छ। एजेन्सीको सहयोगमा


























